विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु


काठमाडौँ – दक्षिण अफ्रिकास्थित जोहानेसबर्गमा बुधवार विद्यालयतर्फ जाँदै गरेको मिनिबस अर्को गाडीसँग ठोक्किएपछि पल्टिएर आगलागी हुँदा १२ जना बालबालिकाको मृत्यु भएको सरकारले जनाएको छ ।

मिनिबसका चालकको पनि मृत्यु भएको र अन्य सात जना बच्चाहरूलाई तत्काल उपचारका लागि अस्पताल लगिएको गौतेङ्ग प्रान्तीय सरकारले एक विज्ञप्तिमा जनाएको छ ।

टेलिभिजनमा प्रसारण तस्बिरहरूले सहरबाट ७० किलोमिटर पश्चिममा रहेको मेराफोङमा भएको दुर्घटनामा मिनिबस पूर्ण रूपमा नष्ट भएको देखाएको छ ।

प्रतिक्रिया