प्रचण्डको टिप्पणी : स्वर्ग र नर्क गए पनि सँगै जाने कसम खाएर ओलीले धोका दिए


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धोका दिएको आरोप लगाएका छन् ।

माओवादी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

प्रचण्डले बैठकमा ओलीले स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने कसम खाएको केही समयमै धोका दिएको टिप्पणी गरेका हुन् ।

प्रचण्डले राजीनामा दिएर नभाग्ने भन्दै संसदको फेस गर्ने अधिकार प्रधानमन्त्रीमा रहेकाले फेस गर्ने बताए ।

प्रतिक्रिया