विश्वासको मत फेस गर्छुः प्रधानमन्त्री प्रचण्ड


काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसद्मा विश्वासको मत फेस गर्ने भएका छन् । माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

सिंहदरबारस्थित माओवादी दलको कार्यालयमा बसेको बैठकले विश्वासको मत फेस गर्ने उल्लेख गर्दै अन्य राजनीतिक दललाई पनि पक्षमा मतदान गर्न अनुरोध गरेको छ ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले शुक्रबार विश्वासको मत लिन लागेका हुन् ।

प्रतिक्रिया