मेरो श्रीमान पोल्याण्डका नागरिक हुन तर मैले नागरिकता लिएकी छैन : सुमना श्रेष्ठ


काठमाडौँ – रास्वपा नेतृ तथा शिक्षामन्त्री सुमना श्रेष्ठले आफूले पोल्याण्डको नागरिकता नलिएको स्पष्टिकरण दिएकी छन् ।

उनले बुधबार सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिएकी हुन् ।

उनले आफ्नो श्रीमान् पोल्याण्डको नागरिक रहेको तर आफूले अहिलेसम्म पोल्याण्डको नागरिकता नलिएको बताएकी छन् ।

मन्त्री श्रेष्ठसँग दोहोरो नागरिकता रहेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको थियो ।

उजुरी परेपछि उनले विषयमा सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिएकी हुन् ।

आफूलाई पोल्याण्डको नागरिकता लिने प्रक्रियासमेत थाहा नभएको उनले बताएकी छन् ।

प्रतिक्रिया