पोखराकाे तालमा फसेका ४ जनाको सशस्त्रले गर्‍यो सकुशल उद्धार


काठमाडौं– कास्कीमा तालको पानी बस्तीमा पस्दा डुबानमा परेका ४ जनाको सकुशल गरिएको छ।

कास्कीको पोखरा महानगरपालिका–२७ स्थित दिपांग तालको पानी बस्तीमा पस्दा एक तल्ले घर डुबेर फसेका एकै परिवारका ४ जनालाई बुधबार सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो।

गुल्मी घर भई हाल पोखरा बस्दै आएका ५४ वर्षीय रामबहादुर अधिकारी, ३९ वर्षीया सृजना अधिकारी, ६ वर्षीय आयुष अधिकारी र ४ वर्षीया आयुष्का अधिकारी वर्षाको कारण पानीको सतह बढेर घर पस्दा फसेका थिए ।

घटनाबारे जानकारी पाएपश्चात कास्कीको सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गणबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले उनीहरूको सकुशल उद्धार गरेको हो।

 

प्रतिक्रिया