

एमाले सचिवालय बैठक जारी : नयाँ अनुहारलाई मन्त्री बनाउने तयारी

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालयमा जारी छ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ । बैठकमा सहभागि नेताहरुका अनुसार सरकारमा पठाउने मन्त्री छान्ने मापदण्ड, नेताहरूको जिम्मेवारी हेरफेरको विषयमा सचिवालय बैठकमा छलफल हुनेछ ।
यसपटक एमालेले सरकारमा नयाँ अनुहारलाई मन्त्री बनाउने तयारी गरेको छ ।

