रामेछापमा बलेरो जिप दुर्घटना हुँदा १ को मृत्यु, ९ घाईते


रामेछाप – जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं-९ पिङ्खुरीको मानेडाँडामा बलेरो जिप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बोलेरोमा सवार ९ जना घाइतेको उद्दार गरि मन्थली अस्पतालमा उपचारका लागी ल्याईएको छ । प्रदेश ३- ०१ र ०३२ च ३९०९ नम्बरको बोलेरो मानेडाँडामा दुर्घटना भएको हो ।

घटनाको थप विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रतिक्रिया