

सुदूरपश्चिमपछि मधेसमा पनि माओवादी संसदीय दलका नेता हटाइँदै

काठमाडौँ –सुदूरपश्चिम प्रदेशपछि मधेसमा पनि माओवादी संसदीय दलका नेता हटाउने प्रयास गरिएको छ ।
माओवादी केन्द्रका बहुमत सांसदले मधेस प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहलाई पदबाट हटाउन संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
माओवादी केन्द्रका नौ जना सांसदमध्ये ६ जनाले उनलाई हटाउने प्रस्तावमा हस्ताक्षर गरेका छन् ।
प्रस्ताव दर्ता गराउनेमा संसदीय प्रमुख सचेतक फकिरा महतो, प्रदेशसभा सदस्यहरु जवाहर कुशवाहा, राजी हैदर, सुनिता यादव, माला कुमारी कर्ण र रहबर अन्सारी रहेका छन् ।
यसअघि सुदूरपश्चिम प्रदेशमा पनि माओवादी संसदीय दलका नेता खगराज भट्टलाई बहुमतबाट दल नेताबाट हटाइएको थियो ।
भट्टलाई पुर्नवहाली गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहालले निर्देशन दिएपनि त्यसको कार्यान्वयन भएको छैन् ।

