फ्रान्सका प्रधानमन्त्रीद्वारा राजीनामा


पेरिस – फ्रान्सका प्रधानमन्त्री ग्याब्रियल एटलले राजीनामा दिएका छन् । फ्रान्समा चुनावी परिणामपछि उत्पन्न गतिरोधबिच उनले राजीनामा दिएका हुन् ।

राष्ट्रपति इमानुएल म्याक्रोले एटलको राजीनामा अस्वीकार गरेका छन् ।

म्याक्रोले उनलाई प्रधानमन्त्री रहिरहन आग्रह गरेका छन् । देशको स्थायित्वका लागि एटल प्रधानमन्त्री रहिरहन आवश्यक रहेको उनको भनाइ छ ।

फ्रान्सको आम निर्वाचनमा म्याक्रोँको पार्टी दोस्रो स्थानमा आएपछि एटलले राजीनामा पेस गरेका थिए ।

प्रतिक्रिया