कञ्चनपुरमा बाढीले बगाएका तीनै बालिकाको शव भेटियो


कञ्चनपुर – लगातारको वर्षापछि कञ्चनपुरमा आएको बाढीका कारण ३ बालिकाको मृत्यु भएको छ।

जिल्लाको पुनर्वासमा बाढीमा डुबेर तिनै जनाको मृत्यु भएको हो ।

सोमबार दिउँसो साढे १२ बजेको समयमा बाढीमा नुहाउने क्रममा पुनर्वास नगरपालिका–५ नयाँ कटानककी १५ वर्षीया सृजना बोगटी, १६ वर्षीया आरती बोगटी र १६ वर्षीया लक्ष्मी बोगटी बेपत्ता भएका थिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र स्थानीयले खोजीकार्यबाट तीनै जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक हेमराज भट्टले बताए।

 

प्रतिक्रिया