राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी विधेयक प्रमाणीकरण


काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् ।

संघीय संसदको दुवै सदनको बैठक भई पारित भएको उक्त विधेयक राष्ट्रपतिले सोमबार (आज) प्रमाणीकरण गरेका हुन् ।

विधेयक राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया