सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा अभिलेख संरक्षण ऐनबारे छलफल


काठमाडौँ – अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि संसदीय समितिमा छलफल सुरु भएको छ ।

राष्ट्रिय सभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले सो विधेयकमाथि छलफल सुरु गरेको हो ।

प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सो विधेयकको वस्तुगत र कानूनी प्रावधानसँग पनि सम्बन्धित रहेर छलफल गरिएको समितिका सभापति मायाप्रसाद शर्माले जानकारी दिए ।

उनले भने, ‘यो अभिलेख संरक्षण ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा गरेका छौँ । प्रतिनिधिसभाबाट संशोधनसहित राष्ट्रिय सभामा सन्देशसहित आएको छ । यसलाई छलफल गर्न सजिलो होस् भनेर हामीले सुरुवात गरेका छौँ । यो अभिलेख फेरि हाम्रा समितिसँग अन्तरसम्बन्धित पनि छ । ’

बैठकमा समितिका सदस्यहरूले अभिलेख संरक्षण ऐनलाई समयानुकुल बनाउन सरकारलाई सचेत गराएका थिए । समितिको अर्को बैठक असार २५ गते मंगलबार (भोलि) बिहान साढे १० बजे बस्ने गरी बोलाइएको छ ।

प्रतिक्रिया