कञ्चनपुरमा खेल्दाखेल्दै खाल्टोमा खसेर २ किशोरीको मृत्यु, एक बेपत्ता

सँगै गएर फर्किएकी १२ वर्षीया अञ्जली भाग्यले बाँचिन्


कञ्चनपुर– कञ्चनपुरमा खाल्टोमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । एकजना बेपत्ता छन् ।

आज बिहान पुनर्वास नगरपालिका – ५ ‘ग’ गाउँमा रहेको रातोफाले खल्लामा डुबेर ३ जना बेपत्ता भएका थिए ।

बेपत्तामध्ये १५ वर्षीय लक्ष्मी बोगटी, १५ वर्षीय सृजना बोगटीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले जानकारी दिए ।

उनका अनुसार १६ वर्षीया आरती बोगटी अझै वेपत्ता छन् । उनीहरु तीनैजना आफन्त रहेको र खेल्दाखेल्दै पानीमा खसेको हुनसक्ने प्रहरीले जनाएको छ ।

१२ वर्षकी अञ्जली बोगटी पनि सँगै गएको तर उनी फिर्ता आएकी थिइन् ।

प्रतिक्रिया