कञ्चनपुरकाे रातोफाले खल्लामा डुबेर तीन किशोरी बेपत्ता


कञ्चनपुर- कञ्चनपुरमा खल्लामा डुबेर तीन किशोरी बेपत्ता भएका छन् । सोमबार बिहान पुनर्वास नगरपालिका – ५ ‘ग’ गाउँमा रहेको रातोफाले खल्लामा डुबेर ३ जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा स्थानीय १५ वर्षीय लक्ष्मी बोगटी, १५ वर्षीय सृजना बोगटी र १६ वर्षीय आरती बोगटी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

१२ वर्षकी अञ्जली बोगटी पनि सँगै गएको तर उनी फिर्ता आएकी थिइन् ।  बेपत्ता किशोरीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया