महाकालीमा खतरा बढेपछि भारतले नेपालतर्फका सबै ढोका खोल्यो


कञ्चनपुर–महाकाली नदीमा पानीको बहाव बढेपछि भारतले शारदा ब्यारेजमा रहेका नेपालतर्फका सबै ढोका खोलेको छ ।

पानी २ लाख क्युसेक पुगेकाले महाकालीमा नेपाल तर्फका सबै ढोका खोलिएको हो ।

प्रहरीका अनुसार महाकालीमा पानीको बहाव निरन्तर बढीरहेको छ ।

नेपाल तर्फका सबै ढोका खोलेपछि तटीय क्षेत्रका बस्तीहरू प्रभावित भएको प्रहरीलीले जनाएको छ ।

शारदा ब्यारेजमा तीन दिनदेखि चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ ।

शारदा ब्यारेजमा महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक नाघेपछि सवारी साधनमा रोक लगाइदै आएको छ ।

प्रतिक्रिया