झापाबाट बाग्लुङ जाँदै गरेको बस दुर्घटना, १० जना घाइते


चितवन- काकँडभिट्टाबाट बाग्लुङतर्फ गइरहेको यात्रुबहाक बस दुर्घटना भएको छ । प्र१–०१–००१ ख ४३८० नम्बरको यात्रु बस चितवनको खैरहनीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–८ स्थित सडकको कल्भर्टमा बिहान ३ बजे उक्त बस ठोक्किएको हो ।

बस दुर्घटनापछि उद्धार गरेर ५ जनालाई स्थानीय चौधरी मेडिकलमा उपचार गरिएको छ । उनीहरू गन्तव्यतर्फ लागेका छन् ।

अन्य ५ जनाको बकुलहर अस्पताल टाँडीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीले बस चालक झापाको अर्जुनधारा गाउँपालिका–११ निवासी ४० वर्षीय मधुसुदन नेपाललाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय खैरहनीका अनुसार दुर्घटनापछि बस क्षति ग्रस्त भएको छ ।

प्रतिक्रिया