कञ्चनपुरमा घरभित्र पसेको बाढीमा डुबेर ७ महिने शिशुको मृत्यु


धनगढी – कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिने शिशुको मृत्यु भएको छ ।

कृष्णपुर नगरपालिका–१ को पहरियामा आइतबार घरमा जमेको पानीमा डुबेर ७ महिनाका सोनु धानुकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) चक्रराज जोशीले सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खसेको बताए ।

भुइँमा जमेको पानीमा डुबेर धानुकको घरमै मृत्यु भएको एसपी जोशीले बताए ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया