बाढीले कल्भर्ट भत्किँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
कञ्चनपुर — सुदूरपश्चिममा आइतबारदेखिको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
बाढीका कारण बेदकोट नगरपालिका वडा नं. ७ सुडाचोक नजिककै कल्भर्ट भत्किँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
आइतबारदेखि परेको अविरल वर्षाका कारण कञ्चनपुरका घरहरु डुवानमा परेका छन् ।