काठमाडौँ महानगरले थाल्यो एसइई पूरक परीक्षाको तयारी कक्षा


काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आजदेखि सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि एसइई पूरक परीक्षाको तयारी कक्षा सुरु गरेको छ ।

२०८० सालको एसइईमा नियमित परीक्षार्थीमा सहभागी भएर ग्रेड वृद्धि पाउन नसकेका ८७३ जना विद्यार्थीका लागि कक्षा सुरु गरिएको हो ।

कक्षा सञ्चालनका लागि गएको शुक्रबार सहरी योजना आयोग र शिक्षा विभागले, विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूसँग छुट्टाछुट्टै तयारी बैठक गरेका थिए ।

महानगरपालिकाभित्रका ५८ वटा सामुदायिक विद्यालयबाट २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ३ हजार ९५९ जना विद्यार्थी सहभागी भएका थिए । जसमध्ये ३ हजार ८६ जना ले ग्रेडवृद्धि प्राप्त गरेका थिए । बाँकी ८७३ जना (२२५) विद्यार्थी ग्रेड वृद्धि (पूरक) परीक्षामा सहभागी हुँदैछन् ।

यी विद्यार्थीहरूलाई स्रोत केन्द्रमा क्याम्प राखेर कक्षा सुरु गरिएको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले बताए ।

कक्षामा व्यक्तिगत परामर्श, पियर लर्निङ् (दुई जनाका बिचमा हुने अन्तरक्रियात्मक सिकाइ) र समूहगत सिकाइ जस्ता विधि अबलम्बन गरेर कक्षा सञ्चालन हुनेछन् ।

प्रतिक्रिया