सहकारी छानबिन समितिले गभर्नरसँग छलफल गर्ने


काठमाडौँ – सहकारी छानबिन संसदीय विशेष समितिले गभर्नर महाप्रसाद अधिकारी लगायतसँग छलफल गर्ने भएको छ ।

समितिको अर्को बैठक सोमबार बिहान ११ बजे सिंहदरबारमा बोलाइएको छ । उक्त बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल बैंकर्स संघ र कर्जा सूचना केन्द्र लिमिटेडका अध्यक्ष तथा पदाधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

समितिले यसअघिको बैठकमा गृह सचिव, प्रहरी प्रमुख लगायतसँग छलफल गरेको थियो ।

प्रतिक्रिया