एक वर्षमा ७९४ कर्मचारीले छाडे सरकारी जागिर


काठमाडौं- सेवा अवधि बाँकी रहँदै एक बर्षमा ७ सय ९४ निजामति सेवामा कार्यरत कर्मचारीले जागिरबाट विदा लिएका छन् । चालु आर्थिक वर्ष २०८०/८१ मा ७९४ निजामती कर्मचारीले सेवावधि बाँकी रहँदै राजीनामा बुझाएको किताबखानाले जनाएकाे छ ।

किताबखानाको रेकर्डमा सुरुदेखि अहिलेसम्म १६ हजार १९३ कर्मचारीहरूले जागिरी अवधि बाँकी रहँदै राजीनामा बुझाएका छन् । सेवावधि बाँकी रहँदै राजीनामा गर्नेहरूमा माथिल्लो तहका कर्मचारीहरू पनि छन् । त्यसमा विशिष्ट श्रेणी (सचिवसरह) का सात कर्मचारी छन्।

यसैगरी प्रथम श्रेणी (सहसचिसरह) का आठ कर्मचारीले राजीनामा गरेका छन्।  यसैगरी उपसचिवसरहका ४९ जना र अधिकृत सरहका ६९ जनाले सेवावधि नसकिँदै राजीनामा गरेका हुन् ।

किताबखानाका अनुसार सेवावधि बाँकी रहँदै राजीनामा गर्नेमा सबैभन्दा बढी श्रेणीविहीन कर्मचारी (कार्यालय सहयोगी, हुलाकी, वन रक्षक, सवारी चालक, मालीलगायत) छन् ।

श्रेणीविहीन कर्मचारीहरूले सरकारी सेवाभन्दा बाहिर निजी क्षेत्रमा आकर्षण देखेर अथवा सरकारी सेवाप्रति वितृष्णा जागेर सेवावधि छँदै राजीनामा गर्ने गरेकाे पाइन्छ ।  केही कर्मचारी भने  वैदेशिक रोजगारीमा बढी आकर्षण देखेर सेवावधि छँदै राजीनामा गर्ने गरेका छन् ।

निजामती सेवा ऐन २०४९ मा ५८ वर्ष उमेर पूरा भएपछि सरकारी कर्मचारीहरूले सेवाबाट अनिवार्य अवकाश पाउने व्यवस्था छ ।

 

प्रतिक्रिया