प्रश्न सोधेकै आधारमा पत्रकारलाई पक्रन भन्दै गृहमन्त्रीलाई मेयर हर्कको पत्र


काठमाडाैं- केही दिनअघि सार्वजनिक सुनुवाइ कार्यक्रममा धरानमा पैसा लिएर जनप्रतिनिधिले नागरिकताको सिफारिस दिने र धरामा वेश्यावृत्ति पनि बढेको दाबी गर्ने एक सञ्चारकर्मीलाई पक्राउ गर्न मन्दै मेयर हर्क साम्पाङले गृहमन्त्रीलाई पत्र लेखेका छन् ।

सुनसरी इटहरीबाट सञ्चालित पूर्वेली न्युज डटकममा कार्यरत संजिता धमलाले बिना प्रमाणा आरोप लगाएको र आफ्नो कार्यकक्षमा आएर हाेहल्ला गरेकाे भन्दै धरान उपमहानगरपालिकाका मेयर साम्पाङले गृहमन्त्री रवि लामिछानेलाई आज आइतबार पत्र लेखेका हुन् । जबकी सार्वजनिक सुनुवाइमा उठेकाे गुनासाेबारे कुराकानी गर्न उनी स्वयम्ले धमलालाई बाेलाएका थिए ।

सार्वजनिक सुनुवाइपछि मेयर हर्कले फेसबुकमा तारन्तार स्टाटस लेखेर प्रमाण लिएर आउन चुनौती दिए । त्यसपछि गत शुक्रबार धमला मेयरको कार्यकक्षमा पुगेकी थिइन् । त्यसपछि दुई जनाबीच केहीबेर भनाभन भएकाे थियाे ।

सञ्चारकर्मी धमलाले आफूले मिथ्या आरोप नलगाएको र आफूसँग प्रमाण रहेको बताएकी थिइन् । तर केही बेरपछि मेयरले नेपाल प्रहरी र नगर प्रहरी लगाएर धमलालाई कार्यकक्षबाट बाहिन निकाल्न निर्देशन दिए । सञ्चाकर्मी धमलाका अनुसार उनलाई पक्राउ गर्न मेयर हर्कले भनेका थिए । त्यसपछि उनलाई लछारपछार गर्दै बाहिर निकालिएको थियो ।

लछारपछारका क्रममा आफ्नो चश्मा फुटेको र शरीरका विभिन्न भागमा चोट लागेको धमलाले बताएकी छन् । मेयर हर्कले सञ्चारकर्मीमाथि दुर्व्यवहार गरेको भन्दै सुनसरीस्थित प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठनले आपत्ति जनाएका छन् ।

तर यतिकैमा मेयर साम्पाङ राेकिएका छैनन् । उनले धमलालाई कानुनी कारबाहीकाे माग गर्दै गृहमन्त्रीलाई पत्रनै लेखेका छन् ।

 

प्रतिक्रिया