पहिरोले पुरिएकी महिलाको जिवीतै उद्दार


गुल्मी – गुल्मीमा पहिरोमा पुरिएकी एक महिलाको जीवितै उद्दार गरिएको छ ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिका- ३ ठाटीपौवाकी ४५ वर्षीया एक महिलालाई पहिरोले पुरेको अवस्थामा जीवितै उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।

ढुङ्गा माटोले बनेको १ तले टिनले छाएको घर माथिबाट खसेको ढुङ्गा, माटो सहितको पहिरोले पुरेको थियो । उनलाई स्थानीय र प्रहरीले पहिरोबाट जिवितै उद्दार गरेका छन् ।

उद्दारपछि उनलाई थप उपचारको लागि रिडी प्राथमिक उपचार केन्द्रमा पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया