भक्तपुरमा हनुमन्ते खोलाको बाढीले डुबान, भोलीसम्मै जोखिम


काठमाडौं– भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेको छ । कतिपय स्थानमा बाढी तटीय क्षेत्रमा रहेका बस्तीमा समेत पसेको छ ।

बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय लगायतको क्षेत्र डुबानमा परेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नदी तटिय क्षेत्रमा बाढीको जोखिम भोलीसम्मै रहेको छ ।

विभागमा सतर्कता अपनाउन समेत सुझाव दिएको छ ।

प्रतिक्रिया