काठमाडौं–तराई द्रुतमार्ग सडक आयोजनाको लेनडाँडा सुरुङमार्ग ‘ब्रेक थ्रू’


काठमाडौं- नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत लेनडाँडा सुरुङ ‘ब्रेक थ्रू’ भएको छ ।

प्रधान सेनापति प्रभुराम शर्माले भर्चुअल माध्यमबाट सुरुङ ब्रेक-थ्रूको अवलोकन गरेका थिए । शर्माले तोकिएको समयमा नै सुरुङमार्गहरू छिचोलिने क्रम रहेकोमा खुसी व्यक्त गरे । त्यसक्रममा बलाधिकृत रथी अशोकराज सिग्देललगायत सैनिक अधिकारी उपस्थित थिए ।

गत जेठ ४ गते लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये काठमाडौंबाट निजगढतर्फ जाने १६३३ मिटर लम्बाइको सुरुङमार्ग र जेठ ११ गते धेद्रे सुरुङमार्गको जोडी सुरुङ १६५३ मिटर लम्बाइको निजगढबाट काठमाडौंतर्फ आउने सुरुङमार्ग छिचोलिसकिएको छ ।

प्रतिक्रिया