विदेश जान नपाएकाे भन्दै शंखमुलको पुलबाट हामफाल्न खाेज्ने युवककाे उद्धार


काठमाडौं– शंखमुलको पुलबाट हामफाल्न खोजेका एक युवकलाई प्रहरीले उद्धार गरेको छ।

पुलबाट बागमती नदीमा हामफाल्न खोजेका २६ वर्षीय युवकलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उद्धार गरेको हो ।

मकवानपुर घर भइ ललितपुर महानगरपालिका–१७ मा बस्दै आएका ती युवक कपडा खोलेर पुलबाट बागमती नदीमा हामफाल्न खोजेका थिए ।

उनलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ । विदेश जान नपाएपछि ती युवकले आत्महत्या गर्न खोजेको खुलेको छ । परिवारको आर्थिक अवस्था कमजोर भएकाले विदेश पठाउन नसक्ने बताएपछि उनले आत्महत्या गर्न खोजेको अनुसन्धानका क्रममा खुलेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया