घाँटीमा चना अड्किएर तीन वर्षीय बालकको मृत्यु


दाङ – दाङमा चना खाने क्रममा घाँटीमा अड्किँदा एक बालकको ज्यान गएको छ ।

आज (बुधबार) साँझ ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ९ बेलुवा बस्ने रूपा घर्तीका तीन वर्षीय छोरा राजेन्द्र घर्तीको घाँटीमा चना अड्किएर मृत्यु भएको हो ।

विद्यालयबाट घर आई घरमै पकाएको चना खाँदै गर्दा घाँटीमा अड्किएर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

प्रतिक्रिया