रास्वपाभित्र विवाद चर्कियो, मुखमा कालोटेप टाँसेर महामन्त्री पुगे बैठकमा


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु भइसकेको छ । उक्त बैठकको प्रत्यक्ष प्रसारण नगरिएको भन्दै महामन्त्री डा. मुकुल ढकालले मुखमा कालो टेप टाँसेर विरोध गरेका छन् ।

बिहान साढे ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको बैठकको लाइभ नगरेपछि महामन्त्री ढकालले मुखमा कालो टेप टाँसेर बैठकको विरोध गरेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी बैठकमा समसामयिक राजनीति र पार्टी महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

कांग्रेस–एमालेले सत्ता गठबन्धन गरेपछि सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रसँगै साझेदार रास्वपा प्रतिपक्षमा आउने निश्चित भएको छ ।  रास्वपाले कांग्रेस-एमाले गठबन्धनमा नजाने यस अघि नै निर्णय गरिसकेको छ ।

प्रतिक्रिया