प्रचण्ड सरकार ढलेपछि रञ्जिता भन्छिन् –धोबीका कुत्ता घरका ना घाटका


काठमाडाैं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको गठबन्धन टुटाएर एमाले अध्यक्ष केपी शर्मा ओलीले
नेपाली कांग्रेससँग सहकार्य गर्न लागेपछि नागरिक उनमुक्ति पार्टी(नाउपा) की अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले व्यङ्ग्य गरेकी छिन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा ‘धोबीका कुत्ता घरका ना घाटका ’ भन्दै पोष्ट गरेकी छिन् । उनी सहभागी प्रचण्ड नेतृत्वको अल्पमतमा परेसँगै उनले उक्त हिन्दी मुहाबरा प्रयोग गरेकी छिन् । जसको अर्थ जताततैबाट अस्वीकृत, असफल अर्थात् कतै नआउने हुन्छ ।

उनले उक्त मुहाबराको प्रयोग ओलीप्रति लक्षित गरेको हुन् या आइतबार आफूलाई संसदीय दलको नेताबाट हटाउन भूमिका खेल्ने पती रेशम चौधरीप्रति गरेकी हुन सक्छिन् ।

प्रचण्ड नेतृत्वको सरकारमा रञ्जिता मन्त्री बन्न लागेको खबर बाहिरिएको थियो । यस्तै  संघीय सदनमा पार्टी अध्यक्ष उनीलाई दलको नेताबाट हटाएलगत्तै नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी पक्षले सुदूरपश्चिम प्रदेश सरकारमा रहेका पार्टीका दुई मन्त्रीलाई फिर्ता हुन पत्र पठाएको छ ।

प्रतिक्रिया