दक्षिणअफ्रिकाविरुद्ध अफगानिस्तान निरीह, सेमिफाइनलमा ५६ रनमै समेटियो


काठमाडौं — अफगानिस्तान ५६ रनमा समेटिएको छ ।

टी–२० विश्वकपको फाइनल प्रवेशका लागि खेलिएको सेमिफाइनल खेलमा दक्षिण अफ्रिकासँग पहिले ब्याटिङ गरेको अफगानिस्तानले ११.५ ओभरमा ५६ रन बनाउँदा सबै विकेट गुमाएको हो ।

दक्षिण अफ्रिकाका बलरविरुद्ध टिक्न नसकेपछि अफगानिस्तान ५६ रनमा समेटिएको हो ।

दक्षिण अफ्रिकाका लागि माक्रो जानसेन र तब्रेज साम्सीले ३/३ विकेट लिःए भने कासिगो राबाडा र एन्रिज नोत्र्जेले २/२ विकेट लिएका छन् ।

अब फाइनल प्रवेशका लागि दक्षिण अफ्रिकाले २० ओभरमा ५७ रन बनाउनुपर्ने छ ।

प्रतिक्रिया