अर्थले पठायो ४ अर्ब ५ करोडको अख्तियारी


काठमाडौँ – पारिश्रमिक, सामाजिक सुरक्षालगायतमा खर्च गर्ने गरी अख्तियारी पठाइएको छ ।

असार १० को मन्त्रीस्तरीय निर्णयअनुसार अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयमार्फत् अख्तियारी पठाएको हो ।

मन्त्रालयले सामाजिक सुरक्षा भत्ता, कर्मचारीको पारिश्रमिक, पारिश्रमिक पदाधिकारी शीर्षकमा विनियोजन भएकोमध्ये कुनै शीर्षकमा रकम नपुग्ने अवस्थामा त्यही खर्च शीर्षकको अर्को क्रियाकलापमा रकम बाँकी हुने अवस्थामा क्रियाकलापबीच समायोजन गरी भुक्तानी गर्न भनेको छ ।

प्रतिक्रिया