अर्थका ५ सहसचिवको आन्तरिक सरुवा


काठमाडौं – अर्थ मन्त्रालयका पाँच जना सहसचिवहरुको आन्तरिक सरुवा भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई सहसचिवविरुद्ध मुद्दा दायरबाट गरेको थियो । सोसँगै उनीहरु निलम्बनमा परेपछि मन्त्रालयले जिम्मेवारी हेरफेर गरेको हो ।

अर्थ मन्त्रालयका अनुसार रामप्रसाद आचार्यलाई प्रशासन महाशाखा प्रमुख र नरेन्द्र रानालाई बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

त्यस्तै नारायण सापकोटालाई प्रशासन प्रमुखबाट महालेखा नियन्त्रकको कार्यालय, सुशीला अर्याललाई महालेखा नियन्त्रकको कार्यालय र रामकुमार महतोलाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा गरिएको छ ।

अख्तियारले बजेट महाशाखा प्रमुख रितेश शाक्य र भन्सार विभागका उपमहानिर्देशक टंक पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया