विदेशी मुर्रा र साँढेको वीर्य नेपाली किसानलाई वितरण गरिने


काठमाडौं- सरकारले पशु चौपाया नस्ल सुधारका लागि विदेशबाट ल्याइएका मुर्रा राँगाको वीर्य किसानलाई वितरण गर्ने तयारी गरेको छ ।

आगामी साउनदेखि भारतबाट ल्याइएका मुर्रा राँगा, अमेरिका र कोरियाबाट ल्याइएका साँढेबाट उत्पादन भएकाे ६ लाख बढी डोज वीर्य किसानलाई उपलब्ध गराइने भएकाे हाे ।

याे वर्ष  ६ लाख ४० हजार डोज वीर्य उत्पादन भएको पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालय प्रमुख तथा पशु विकास अधिकृत डा.जगदीश पाण्डेयले बताए । किसानले सरकारी केन्द्रमा नै गएर चौपायालाई कृत्रिम गर्भाधान गराउँदा एक डाेजकाे २५ रुपैयाँ राजस्व तिर्नु पर्ने उनले बताए ।

प्रतिक्रिया