सगरमाथा आधार शिविरमा विश्व सेफ सम्मेलन आयोजना हुने


काठमाडौं- सगरमाथा आधार शिविरमा विश्व सेफ सम्मेलन आयोजना हुने भएको छ ।

ग्यास्टोनोमी टुरिजम एसोसिएसन अफ नेपालले बिहीबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सन २०२५ को मे महिनामा सगरमाथा आधार शिविरमा विश्व सेफ सम्मेलन आयोजना गर्ने घोषणा गरेको हो ।

कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले नेपाली परम्परागत खानालाई विश्वमाझ चिनाउनका लागि सगरमाथा आधार शिविरमा हुने विश्व सेफ सम्मेलनले मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।

 

प्रतिक्रिया