भारतीय राजदूतावासले फेवा ताल किनारमा मनायो अन्तर्राष्ट्रिय योग दिवस


काठमाडौं- भारतीय राजदूतावासले अन्तर्राष्ट्रिय योग दिवसको १० औं संस्करण मनाएको छ । दूतावासले बुधबार पोखरास्थित फेवा तालको किनारामा योग प्रदर्शनको आयोजना गरेको हो ।

स्वास्थ्य र कल्याणका लागि योगको प्राचीन अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यले दिवस मनाएको भारतीय राजदूतावासले जनाएको छ ।

भारतीय राजदूतावासले पोखरा विश्वविद्यालयसँगको सहकार्यमा आयुर्वेदिक अभ्यासकर्तासँग मिलेर योग प्रदर्शन र स्वास्थ्य परामर्शको पनि आयोजना गरेको थियो । उक्त कार्यक्रममा पोखरा विश्वविद्यालयका उप–कुलपति प्रोफेसर प्रेमनारायण अर्याल प्रमुख अतिथिको रुपमा सहभागी थिए ।

प्रतिक्रिया