संसदमा ज्ञानेन्द्र शाहीको प्रश्न, ‘गृहमन्त्री ज्यू ! जिबी राईलाई कहिले पक्रनुहुन्छ ?’


काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टीं (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदमा बोल्दै गिरीबन्धु टि–स्टेट, मेलम्ची, वाइडबडीमा के भएको हो भनेर प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले जिबी राई कहाँ छन् भनेर प्रश्न गरे । उनले नेपाल देश ठूलो हो कि जिबी राई ठूलो हो भनेर प्रश्न गरे । उनले जिबी राईलाई छिटोभन्दा छिटो पक्राउ गर्न माग गरे । उनले गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गर्दै भने, कहिले पक्रनुहुन्छ जिबी राईलाई गृहमन्त्री ज्यू ? भनेर प्रश्न गरे ।

त्यस्तै उनले निर्मला पन्त हत्याको पनि सत्यतथ्य पत्ता लगाउन पनि माग गरे ।

साथै उनले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको क्रममा गरेका व्यवहारको मुख्यमन्त्रीलाई जस्तो सम्मान गरेको बताए ।

उनले भने, ‘हाम्रो देशको परराष्ट्र नीति पञ्चशिलको आधारमा बनेको छ । हाम्रो देशको प्रधानमन्त्री भारत भ्रमणमा जानुहुन्छ उहाँ व्यक्तिगत रूपमा पुष्पकमल दाहालको रूपमा नभएर सम्माननीय नेपालको प्रधानमन्त्रीको हैसियतमा जानुहुन्छ भारतले गर्ने आत्मसम्मान प्रधानमन्त्रीलाई गरेको हो कि सिंगो नेपाललाई गरेको हो ? त्यो सम्मान हेर्दा कुनै प्रदेशका मुख्यमन्त्री भारत गइरहेका छन् । त्यहाँको प्रधानमन्त्रीको शपथमा हाजिर लगाइरहेका छन् ।’

उनले भारतमा नेपालको प्रधानमन्त्रीलाई हुने गरेको सम्मानप्रति प्रश्न उठाउँदै उनले भने, ‘भारतमा त्यस्तो हुन्छ नेपालमा आउँदा बाटो बन्द गरेर तामझामको साथ एयरपोर्टमा बाजागाजा हुन्छ । म प्रधानमन्त्रीलाई प्रश्न गर्न चाहन्छु ।’

 

प्रतिक्रिया