काठमाडौं महानगरविरुद्ध वर्षमै ४४९ मुद्दा, ५ कानुनी सल्लाहकारमा वार्षिक २७ लाख खर्च


काठमाडौं – काठमाडौं महानगरविरुद्ध हाल विभिन्न अदालतमा ४ सय ४९ मुद्दा विचााधिन अवस्थामा रहेको पाइएको छ । गत आर्थिक वर्षमा मात्रै सर्वोच अदालतमा ३७, उच्च अदालतमा १६८ र जिल्लामा ४५ गरि २५० वटा मुद्दा दर्ता भएको छ ।

महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०७९/०८० मा ती मुद्दाको प्रतिरक्षाका लागि ५ जना कानुनी सल्लाहकार नियुक्त गरेको पाइएको छ । मासिक ४५ हजाका दरले उनीहरुलाई तलब खुवाउँदा गत आवमा २७ खर्च भएको पाइएको हो ।

ती मुद्दाहरु प्रतिरक्षाका लागि आवश्यक जनशक्ति नरहेकाले मुद्दाको लिखित जवाफ तयार गर्ने, अदालती बहस पैरवी एवं कानूनी प्रतिरक्षा गर्ने लगायतका कार्यहरु कानूनी सल्लाहकार मार्फत् हुँदै आएको महानगरले जनाएको छ ।

विचारधिन मुद्दा, कानूनी विवाद लगायतका कार्य पटके रुपमा कानूनी व्यवसायीबाट गराउन भन्दा कानूनी सल्लाहकार नियुक्त गरी कार्य गराउँदा सम्भावित आर्थिक दायित्व न्यून भएको पालिकाले जनाएको छ ।

प्रतिक्रिया