‘पेवल नेपाल र सजिलो पे’ पेमेन्टका ६ कर्मचारी पक्राउ


काठमाडौँ – दुई वटा भुक्तानी सेवा प्रदायक कम्पनी ‘पेवल नेपाल र सजिलो पे’ का ६ कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ ।

शुक्रबार यी दुई कम्पनीका ६ कर्मचारीलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । अवैध हुण्डी र सुन, क्रिप्टोको अवैध कारोबारमा जोडिएपछि ६ जनालाई नियन्त्रणमा लिइएको बोगटीले बताए ।

पक्राउ पर्नेहरूमा भीमप्रसाद तिमल्सिना, प्रज्वल आचार्य, सुरज जबरा, सुशील बन्जारा, काश्यव मानन्धर र अथुकछाक खम्पा छन् । पक्राउ परेका मध्ये खम्पा मेट्रो अस्पतालमा भर्ना भएका छन् ।

उनीहरुविरुद्ध आइतबार काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप भएको छ । सीआईबीले अहिले ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया