

कर्णाली नदीमाथिको झोलुंगे पुल चुँडियो, सामान बोकेर गइरहेका खच्चड फसे

काठमाडाैं- कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै फसेका छन् ।
आइतबार बिहान सामान बोकेर हिँडिरहेका खच्चड पुलमै अड्किएका हुन् । धेरै खच्चडहरू एकैपटक चढ्दा दैलेखको आठबिसबाट अछामको कालेकाडा जोड्ने पुलको एकातर्फको लठ्ठा चुँडिएको प्रहरीले जनाएकाे छ ।
अहिले खच्चडहरूकाे उद्धार कार्य अघि बढाइएको छ ।

