प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता सकियो


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबिचको भेटवार्ता भएको हो । प्रधानमन्त्रीको भारत भ्रमण र सुदूरपश्चिमको सरकार विस्तारबारे जारी भेटवार्तामा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया