मोदीको सपथमा प्रधानमन्त्री प्रचण्डसँग को–को जाँदैछन् ?


काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा भाग लिन भोलि नयाँ दिल्ली जाँदैछन् । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ती निकालेर भारतीय प्रधानमन्त्री मोदीको हार्दिक निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भोलि भारत जाने र पर्सि फर्किने जनाएको छ ।

प्रधानमन्त्रीको साथमा उनकी छोरी तथा स्वकीय सचिव गङ्गा दाहाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल र शिष्टाचार महापाल गरी पाँच जना भारत जाने परराष्ट्रले जनाएको छ ।

भोलि मोदीको शपथग्रहण समारोहमा सहभागी हुने प्रचण्डसहितका विशिष्ट पाहुना बेलुका भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले दिने रात्रीभोजमा सहभागी हुनेछन् ।

प्रतिक्रिया