‘ड्रग्स’ सेवन गरेर सवारी चलाउने ९ जना नागढुंगाबाट समातिए


काठमाडौं- लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ९ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।

ना ८ ख ३०५ नम्बरका मिनिबस चालक बाराका ३९ वर्षीय दिनेश शाह तेली, ग १ ख ७१ ४५ नम्बरका बस चालक तनहुँका ३६ वर्षीय सन्तोष घर्ती, प्रदेश ३-०१-००५ ख ९९ २१ नम्बरका बस चालक नुवाकोटका २७ वर्षीय अर्जुन तामाङ र बागमती प्रदेश ०६-००१ ज ०१ ७४ नम्बरका माइक्रो चालक नवलपरासी बर्दघाट सुस्ता पूर्वका ३६ वर्षीय बिर बहादुर महतोलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्यस्तै, लु ३ च ३५४ नम्बरका पिक अप चालक रुपन्देहीका २८ वर्षीय मोहम्मद उमर, प्रदेश २-०३-००१ ख ६५ ९२ नम्बरका ट्रक चालक सर्लाही घर भएका २७ वर्षीय जलेन्द्र परियार, ना ८ ख ७२ १४ नम्बरका ट्रक चालक पर्साका २६ वर्षीय राकेश रावत, प्रदेश २ ०३-००१ ख ०० ७० नम्बरका ट्रक चालक कास्कीका ३८ वर्षीय आशिष शर्मा र ना ६ ख ४० ०२ नम्बरका कन्टेनर चालक धादिङका ३८ वर्षीय लिला बहादुर गन्धर्वलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाब ड्रग्स किटमा राखेर चेक गर्दा लागूपदार्थ सेवन गरेको प्रमाणित भएको थियो ।

 

प्रतिक्रिया