
कहाँ पुग्यो सुटिङ गर्दागर्दै पक्राउ परेका निर्देशक सुदर्शन थापाको अनुसन्धान ?
काठमाडौं – आपराधिक लाभ तथा ठगी कसुरमा पक्राउ परेका चलचित्र निर्देशक सुदर्शन थापाको प्रहरी अनुसन्धान जारी छ । बौद्ध प्रहरी वृत्तबाट खटिएको टोलीले थापालाई आपराधिक लाभ तथा ठगी कसुरमा बालुवाटारबाट २१ जेठमा पक्राउ गरेको थियो ।
फिल्म सुटिङ गरिरहेको बेला थापालाई बालुवाटारस्थित रोयल इम्प्यायर पार्टी प्यालेसबाट पक्राउ गरिएको थियो । काठमाडौं प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारीले थापाविरुद्ध दुई दिन म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडी बढेको र अनुसन्धान नसकिएकाले थप म्याद लिने तयारी भएको बताए ।
उनलाई चलचित्र ‘प्रसाद २’ को विवादमा प्रहरीले पक्राउ गरेको हो । थापाले निर्देशन गरेको चलचित्र प्रसाद २ का निर्माताको जाहेरीका आधारमा उनी पक्राउ परेको बताइएको छ । आफुहरुको आफूहरुको अनुमतिबिना नै विदेशमा चलचित्र प्रदर्शन गरेर ठगी गरेको उनीहरुले जाहेरी दिएका थिए ।



कागजपत्र |
