अध्ययनका लागि काठमाडौंमा बस्नुहुन्छ ? यसरी निःशुल्क लिनसकिन्छ इन्डक्सन चुलो


काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो वितरण गर्ने भएको छ । एक सूचना जारी गर्दै केन्द्रले काठमाडौं उपत्यकामा कोठा भाडामा लिई स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई चुलोका लागि आवेदन दिन अनुरोध गरेको छ ।

आवेदन दिनका लागि विद्यार्थीले नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचयपत्रको प्रतिलिपि बुझाउनुपर्ने हुन्छ

चुलो लिनका लागि पहिले  यहाँ क्लिक गरेर गुगल फर्म भर्नुहाेस् । त्यसपछि यहाँ क्लिक गरेर केन्द्रलाई बुझाउने निवेदनको नमूना डाउनलोड गरी आवश्यकता अनुसारको विवरण भर्नुपर्ने हुन्छ ।

यति गरेपछि यहाँ क्लिक गरेर शैक्षिक संस्थाको सिफारिस नमुना डाउनलोड गर्नुपर्ने हुन्छ । सो निवेदनमा क्याम्पस प्रमुखको हस्ताक्षर गराउनुपर्ने हुन्छ । त्यसपछि माथि उल्लेख गरिएका कागजात र अन्य विवरण ‘bioenergy@aepc.gov.np’ ईमेलमा पठाउनुपर्ने हुन्छ ।

प्रतिक्रिया