पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा आवेदन आह्वान


काठमाडौं- पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा आवेदन माग गरिएको छ ।

रिक्त कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नेगरी कोषले बुधबार आवेदन माग गरेको हो ।

बुधबार दरखास्त आह्वानसम्बन्धी सूचना प्रकाशित गर्दै कोषले योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई अबको १० दिनभित्र आवेदन दिन भनेको छ ।

कार्यालय समयमा कोषको समितिको सचिवालयमा गएर आवेदन दिन सकिने कोषद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया