संसदमा सुहाङको पहिलो सम्बोधन : बुवा सुवासलाई सम्झेर बने भावुक


काठमाडौं – सत्तारुढ नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले पहिलो पटक संसदमा सम्बोधन गरेका छन् ।

आज (मंगलबार) बजेटमाथिको छलफलमा भाग लिंदै उनले पहिलो पटक संसदललाई सम्बोधन गरेका हुन् । मंगलबार बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्नका लागि ५ मिनेटको समय पाएका सुहाङ बुवा सुवासलाई सम्झेर भावुक बनेका थिए ।

सांसद नेम्बाङले आफ्नो पहिलो सम्बोधन भएकाकाले उनले अन्य विषयमा पनि बोल्ने छुट हुने आशा राखेको बताए । ‘आज म पहिलो पटक संसद्को रोस्ट्रममा उभिएर बोलिरहेको छु । आज मलाई बजेट बाहिर रहेर पनि बोल्न पाइन्छ भन्ने लागेको छ,’ उनले भने । त्यसपछि उनले आफूलाई जिताएर पठाउने इलामका जनताप्रति आभार व्यक्त गरे । ‘

आज म इलामवासीको कारणले छु । त्यसकारण मलाई विजयी गराएर पठाउने अति आदरणीय समुदायप्रति आभार प्रकट गर्दछु,’ सांसद नेम्बाङले भने । बुवा सुवास लोकतन्त्रका अटल हिमायती रहेको र एकताबद्ध भएमा समृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ भन्नेमा अविचलित रहेको उनले स्मरण गरे ।

‘सबै जातजाति, भाषाभाषी, धर्म र संस्कृतिको सह–अस्तित्व एवं आपसी एकताले र मेलमिलापले राष्ट्रिय एकता हुन्छ भन्ने उहाँको अटुट विश्वास थियो,’ सुहाङले भने । सम्बोधनका क्रममा सुहाङले शहीद रत्नकुमार बान्तवालगायत इलामका जनताप्रति धन्यवाद व्यक्त गरेका थिए । पूर्व सभामुख समेत रहेका पिता सुवास नेम्वाङको निधनपछि सुहाङ सांसद बनेका हुन् ।

संसदको रोस्ट्रममा उभिएका नेम्बाङले त्यसपछि बुवा सुवासचन्द्र नेम्बाङको सम्झना गरे । ‘भदौ २६ को अप्रिय घटनापश्चात म उपनिर्वाचन पश्चात पहिलो पटक जब संसद्मा छिरे र उभिएर बोलिरहेको छ, मलाई लागिरहेको छ, बुवा यहाँ कतै हुनुहुन्छ । बुवालाई सम्झिएर भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु,’ उनले भनेका छन् ।

प्रतिक्रिया