हावाहुरीपछि अवरुद्ध हवाई उडान सुचारु


काठमाडौं — हावाहुरीसहित वर्षात हुँदा केहीबेर रोकिएको हवाइ उडान सुरु भएको छ ।

मंगलबार बिहान काठमाडौं उपत्यकासहित बागमती, गण्डकी र मधेशमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भएको थियो ।

हावाहुरीसहित भएको वर्षातले भिजिबिलिटी कम हुँदा केहीबेर उडान समेत प्रभावित भएको थियो । ‘अहिले भिजिबिलिटी खुलेपछि उडान पनि सुरु भएका छन्’, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले भने ।

अर्यालका अनुसार केहीबेर ठूलो मात्रामा वर्षा भइसकेपछि काठमाडौं उपत्यकामा अहिले सामान्य अवस्थामा आइसकेको छ । ‘विकसित प्रणाली अहिले उत्तरपूर्वी भागतिर सरिसकेकाले अवस्था नर्मल नै छ’, उनले भने ।

यद्यपि, मेघ गर्जनसहित हावाहुरी गराउने प्रणाली उत्तरपूर्वी भूभागतिर सर्ने क्रममा हुँदा सर्तक रहन मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गरेको छ ।

प्रतिक्रिया