भारतमा जन्ती बोकेको ट्रली दुर्घटना हुँदा १३ जनाको मृत्यु, ४० घाइते


नयाँ दिल्ली-  भारतको मध्य प्रदेशको राजगढमा सडक दुर्घटनामा परी आइतबार राति १३ जनाको मृत्यु भएको छ । उनीहरू राजस्थानको झालावाड जिल्लाका बासिन्दा भएको बताइएको छ ।

तीव्र गतिमा हुँकिएको ट्याक्टर अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको जनाइएको छ । ट्याक्टर ट्रलीमा ठोक्किँदा त्यसमा सवार १३ जन्तीको मृत्यु भएको हो ।

घाइते ४० जनाकोजिल्ला अस्पताल राजगढमा उपचार भइरहेको छ । केहीलाई उपचारका  लागि भोपाल लगिएको छ ।

प्रतिक्रिया