एमाले संसदीय दलको बैठक बस्दै


काठमाडौं– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो साढे १२ बजे संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बस्ने बताइएको छ ।

बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, मधेश प्रदेश सरकार तथा सरकारले संसदमा पेस गरेको बजेटबारे छलफल हुने जनाइएको छ ।

अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०८१–८२ को बजेटमाथि भोलिदेखि छलफल सुरु हुँदैछ ।

प्रतिक्रिया