रुस–युक्रेन युद्धमा मारिएका तीन नेपालीको अस्तु ल्याइँदै


काठमाडौं- रुस–युक्रेन युद्धमा मारिएकामध्ये तीनजनाको अस्तु नेपाल ल्याइने भएको छ । रुसको मस्कोस्थित नेपाली दूतावासले तीनजनाको अस्तु नेपाल पठाउने भएको हाे ।

परिवारको सहमति र दूतावासको पहलमा तीनजनाको रुसमै अन्त्येष्टि गरिएको थियो ।  रुसमै अन्त्येष्टि गरिएका स्याङ्जाका प्रितम कार्की, कास्कीका देवान राई र स्याङ्जाका हरि अर्यालकाे अस्तु ल्याउन लागिएकाे परराष्ट्र मन्त्रालय स्रोतले बताएकाे छ ।

रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा हालसम्म ४० नेपालीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया